साझाट्युव : वैशाख १७, काठमाडौं ।
काठमाडौं महानगरपालिका मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले चुनाव चिन्ह लौरो पाएका छन् ।आयोगले शनिवार स्वतन्त्र उम्मेदवार साहलाई चुनाव चिन्ह दिएको हो ।
साहको यसअघि सामाजिक सञ्जालमा उनको चुनाव चिन्ह खसीको टाउको भन्दै प्रचार गरिएपनि सो मिथ्या सूचना भएको जनाएको छ ।