हप्तामा दुई दिन विदा दिने निर्णय भए संगै शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती

145

साझाट्युव :  २८ वैशाख, काठमाडौं । 

शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ ।

सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाले पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको हो ।

पाठ्यघण्टा घट्न नदिन ५ दिन १० देखि ४ बजेसम्म र हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म विदा दिन सक्नेछन्’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए ।

विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले विदा व्यवस्थापन गर्नुपर्ने बताए ।

सरकारले हप्ताको दुई दिन विदा दिने निर्णय गरेपछि पाठ्यघन्टा घट्न नदिन मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको थियो । सोही छलफलका आधारमा हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरेको प्रवक्ता शर्माले जनाए ।

यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था थियो ।

LEAVE A REPLY