हामीले गर्ने स्थिति नभएपछि स्वतन्त्रलाई जिताएर देखाए त्यसो गरेर जनताले हामीलाई सबक सिकाए : प्रचण्ड

126

साझट्युब :  १८ जेठ काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानमा स्वतन्त्रले जिते पनि जनकपुरदेखि धनगढीसम्मका सबै पार्टीकै प्रतिनिधिले जितेको टिप्पणी गरेका छन्।

माओवादीबाट निर्वाचित देशैभरका स्थानीय तहका प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले काठमाडौंका बालेन शाह र धरानका हर्क साम्पाङ राईले दलहरूलाई सबक सिकाएको बताए ।

काठमाडौं र धरानमा जितेका बालेन र हर्कले वास्तविक माओवादीले जस्तो कुरा गर्या छन् भन्ने प्रचण्डको तर्क छ । त्यसो भएको हुनाले जनताले मत दिएर जिताएका हुन् भन्ने उनको विश्वास छ ।

प्रचण्डले भने, ‘हिजो माओवादीले जनताको सेवा गर्ने, जनताका लागि खानेपानी, फोहोर मैला व्यवस्थापन, शोषण, विभेद र अन्याय अत्याचार अन्त्य भन्थ्यौ ।’ तर, अहिले बालेन र हर्क साम्पाङले पानी भन्ने वित्तिकै पानीको मुहान खोज्दै हिँड्छन्। फोहोर मैला व्यवस्थापन भौतिक पूर्वाधारका कुरामा त्यसैगरी नै लाग्या छन् ।

पार्टीले गर्ने काम काठमाडौ र धरानका प्रतिनिधिले गरेकाले जनताले पार्टीलाई सबक सिकाएको बताए । हामीले गर्ने स्थिति नभएपछि बालेन हर्कहरुलाई जिताएर देखाए । त्यसो गरेर जनताले हामीलाई सबक सिकाए’ प्रचण्डले भने, ‘मैले संसदबाट उनीहरुलाई बधाई भनेको छु । हामीलाई सबक हो । त्यसलाई नकारात्मक रुपमा लिनुको कुनै अर्थ छैन ।’

LEAVE A REPLY