हेटाैंडादेखि काठमाडौंतर्फ जाँदै गरेकाे मिनी ट्रक दुर्घटनामा ४, जनाको मृत्यु

243

साझट्युब : ७ जेठ, हेटाैंडा ।

हेटाैंडादेखि काठमाडौंतर्फ जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -२ सिमखाेलामा दुर्घटना हुँदा ७, जना घाइते भएका हुन् । घाइते मध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

 

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका भनाइ अनुसार ओभर स्पिडभएका कारण गाडी सडकमै पल्टिएको हो । गाडी सडकमा पल्टिएता पनि यात्रुहरु भने पुलमुनि सिमखाेलामा खसेकाे प्रहरीले बताएको छ ।

घाइते भएकामा २ जनालाई उपचारका निम्ति काठमाडौं ट्रमा सेन्टर पठाइएकाे छ भने ५ जना हेटाैंडा अस्सपताल पठाइएकाे प्रहरीले बताएको छ । उपचारका निम्ति पठाएकामध्ये ३ जनाकाे हेटाैंडामा र एककाे काठमाडौंमा मृत्यु भएकाे प्रहरीले बताएको हो ।

मृतककाे सनाखत भइ नसकेकाे प्रहरीले बताएको छ ।

 

LEAVE A REPLY