१४ सयले सुनको मूल्य बढ्यो

259

साझाट्युव : वैशाख २२,काठमाडौं ।

आज बिहीबार साताको पाँचौं दिन बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
हिजो बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै,बिहीबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY