साझट्युब : १ असार,काठमाडौं ।
कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले २० वर्ष पुगेपछि मात्रै नेपालमा बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको भनेका हुन् । त्यस्तै मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य पनि थालिसकेको मन्त्री शर्माले बताएका छन् ।
आज बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगीसकेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले गर्दा अपराध बढाइरहेको भनेका थिए ।
नेपालको हकमा ‘१६ वर्षमा नागरिकता पाउँछ,भने १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नु पर्ने । बिहे गर्नको लागि २० वर्ष कुर्नुपर्ने कुनै पनि स्ट्याण्डर्डले देखिन्दैन ,’ मन्त्री कोइरालाले भने, ‘यसले बरु अपराध बढाउने काम गरिरहेको छ । बाल विवाहमा सजायँ भैरहेको छ यसकारण यसमा रिभ्यू गर्नु पर्नेछ । कानुन मन्त्रालयबाट रिभ्युको प्रोसेस सुरुभैसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु ।’