५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप

164

साझाट्युव: ९ असार काठमाडौं ।

लामो समयपछि बालबालिकाले पनि कोरोनाभाइरसविरुद्धको खोप पाउन सुरु भएको छ । बिहीबारदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ । अमेरिकाद्वारा अनुदानमा दिएको फाइजर बायोएनटेक खोप यही असार ५ मा काठमाडौं आईपुगेपछि पहिलो चरणमा आजदेखि २७ जिल्लामा खोप अभियान सुरु भएको हो ।

खोप अभियानको पहिलो दिन काठमाडौं माहानगरपालिकाका ज्ञान निकेतन स्कुल लगायत नागार्जुन नगरपालिकाका विभिन्न विद्यालयलाई पनि खोप केन्द्रमा रुपान्तरण गरि खोप लगाउन सुरु गरिएको छ । खोप लगाउँदा केही बालबालिका डराएर रुने भएता पनि यसले उनीहरुलाइ कोरोनादेखि बचाउने हुँदा खुशी लागेको अभिभावकले बताएका छन् ।


बिहीवारबाट सुरु भएको अभियान देखि काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको हो । साथै हलको यो खोप अभियान मार्फत देशभरिका करिब ३९ लाख बालबालिकालाई खोप लगाइने उद्देश्य पनि मन्त्रालयको रहेको छ ।

 

खोप अभियानमा बालबालिकालाई खोप लगाउनका निम्ति एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा जारी भएको विज्ञप्ती अनुसार असार ९ गते बाट १५ गतेसम्म २७ जिल्ला बालबालिकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिने भाइको छ । यसैगरी , दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ बाट ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ बाट असोज १ गतेसम्म सञ्चालन गरिनेछ।

 

 

LEAVE A REPLY