अक्सिजन विष्फोट हुँदा एकजनाको मृत्यु , चार जना घाइते

170

साझाट्युव : बैशाख ८, काठमाडौँ ।

अक्सिजन विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ , चार जना घाइते भएका छन् ।

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको हो ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

LEAVE A REPLY