साझाट्युव : वैशाख २१, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बुझाई भ्रष्टाचार गरेको आरोपमा पिताम्बर सारु सहित ५ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ।
मुगुको छायानाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, कोषाध्यक्ष रत्नादेवी हमाल ,इञ्जिनियर महेश सिंह कठायत, सहायक इञ्जिनियर हस्त बहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल, विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेट दुरुपयोग गरेको आरोपमा उनीहरुमाथि भ्रष्टाचारमुद्दा चलाएको हो ।
उनीहरुमाथि २९ लाख ७७ हजार रुपैयाँ हानीनोक्सानी पुर्याएको आरोप छ ।