अझै तीन दिन कर्णाली र महाकालीलगायतका नदीको बहाव बढ्ने

250

साझाट्युव :असोज १९,काठमाडौं ।

आउने तीन दिन सम्म कर्णाली, महाकालीलगायतका नदीको सतह बढ्ने सम्भावना रहेको छ ।

बाढी पूर्वानुमान विभागका अनुसार क‍र्णाली र महाकालीलगायतका पूर्वी राप्ती, तिनाऊ, पश्‍चिम राप्ती, बबई साथै सहायक नदीहरूमा पनि बहाव बढ्ने पूर्वानुमान गरेको छ ।

अचानक आज गण्डकी र लुम्बिनी प्रदेशका केहि साना नदीहरूमा एक्कासी बाढीको सम्भावना भएकोले सतर्कता अपनाउनको लागि आग्रह गरेको छ ।

यस वर्ष मनसुन बाहिरिन ढिलाइ भएकाले अझै वर्षा हुनेभएको छ । आज देशका अधिकांश ठाँउमा वर्षा भइरहेको छ ।

 

LEAVE A REPLY