साझाट्युव : २९ वैशाख, बिहिबार ।
कुनै पनि घटनाका सबुत प्रमाणलाई अदालतमा पेस गरुन्जेल सुरक्षित राख्ने काम प्रहरीको हो । तर भारतको राजस्थानका जयपुरस्थित एक तल्लो अदालतमा चलिरहेको हत्यासम्बन्धी एक मुद्दामा सबै सबुत प्रमाण बाँदरले चोरेको जिकिर प्रहरीले गरेको छ ।
सन् २०१६ मा भएको एक युवकको हत्यामा प्रयोग भएको चक्कुलगायतका सबुत प्रमाण बाँदरले लगेको दाबी प्रहरीले गरेको छ ।
उक्त हत्याको मुद्दामा भएको पछिल्लो सुनुवाइका क्रममा अदालतले हत्याका घटनाका सबुत प्रमाण पेस गर्न प्रहरीलाई आदेश दिएको थियो ।
तर इजलास समक्ष पुलिसले सबुत प्रमाण पेस गर्न सकेन । हत्यासँग सम्बन्धित सबुत प्रमाण बाँदरले चोरेको हुँदा आफूसँग नभएको प्रहरीले इजलासमा बतायो ।
जयपुर ग्रामीण पुलिस अधिक्षक मनिष अग्रवालले लिखितरुपमा अदालतमा त्यस्तो जवाफ पेस गरेका हुन् ।
उनले अदालतसमक्ष भनेका छन्-या घटना सन् २०१६ को हो । तत्कालीन मालखाना इन्चार्जले सन् २०१७ मै ती सबुत प्रमाणहरू बाँदरले लगेको भनी रिपोर्ट हालेका थिए ।
उक्त हत्यामा प्रयोग भएको चक्कुसँगै रगत लतपतिएको कपडा, घटनास्थलको माटो, रगतको नमूना, मोबाइल फोन,
उनका अनुसार सबुत प्रमाणहरूको एसएफएल जाँच रिपोर्ट प्राप्त भैसकेको थियो ।
यो घटनामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यो मुद्दामा अदालतमा आगामी मे १३ मा अर्को सुनुवाइ हुनेछ ।
बीबीसी हिन्दीबाट