साझाट्युव : चैत १, काठमाडौं।
सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई ज्ञापन गरेका छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले “एलजिबिटिक्युआई प्लस समुदायको अधिकारका लागि तपाईँले गर्नुभएको अथक वकालतका निम्ति अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड जित्नुभएकोमा हार्दिक बधाई ” लेखेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरेवापत उक्त पुरस्कार प्रदान गरेको हो ।
नेपालीले यो प्रतिष्ठित पुरस्कार जितेको लगातार दोस्रो वर्ष पनि हो ।