अध्यक्ष दाहाल र महानायक हमालबीच भेटवार्ता

220

साझाट्युव : १७, असार, काठमाडौं ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महानायक राजेश हमाल बीच आज भेटवार्ता भएको हो ।

आज बिहान खुमलटारस्थित दाहालको निवासमा पुगेर महानायक हमालले अध्यक्ष प्रचण्डलाई भेट गरेका छन् । उनीहरुको बिच करिब आधा घण्टा भेटवार्ता भएकाे थियो। भेटवार्तामा देशको समसामयिक राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका बारेमा छलफल गरेका छन् । साथै चलचित्र क्षेत्र संगै राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिक बारेमा समेत छलफल गरेको बताएको छ ।

पछिल्लो समयमा भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगमा पुर्‍याइरहेको असरप्रति महानायक हमालले अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराएका छन् । सरकारले विदेशी विलाशिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गरिरहँदा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा महानायक हमालले असन्तुष्टि भएका पनि व्यक्त गरेका थिए ।

LEAVE A REPLY