अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा

378

साझट्युब :  १७ जेठ काठमाडौं ।

कबड्डी ४ का अभिनेत्री मिरुना मगरलाई सोमबार दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाए ।

लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै नायिका मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।

LEAVE A REPLY