अमिताभ र शाहरुख लामो समयाको अन्तरालपछि एउटै पर्दामा देखिन्ने संकेत

264

साझाट्युव : ५ असार, एजेन्सी ।  

भारतीय अभिनेता अमिताभ बच्चनले लामो समय अन्तरालमा अभिनेता शाहरुख खानसित एउटै पर्दामा काम गर्न लागेको संकेत दिएका छन् ।

बच्चनले सामाजिक सञ्जालमा यस्तो संकेत गरेका हुन । उनले आफु सामाजिक सञ्जालक सर्मथक रहेको कुरा पटक -पटक प्रमाणित गरेका छन् । उनी इन्स्टाग्राम र ट्वीटरमा निकै सक्रिय देखिन्छन । गएको लामो समय बाट फिल्म ‘डन ३’ बन्न लागेको चर्चा भईरहेको थियो । त्यहि कुरालाई बच्चनले सामाजिक सञ्जालद्वारा फिल्म बन्न लागेको संकेत समेत गरेका छन् ।

उनले इन्स्टाग्राममा एक तस्वीर सार्वजनिक गर्दै जसमा उनको पछाडि शाहरुख खान भएको छन् भने उनले डन फिल्मको ओरिजिनल पोष्टरमा आटोग्राफ दिदैगरेका छन् । उनले समाजिक संजालबाट सार्वजनिक गरेको यो तस्वीर भारतीय सिनेमाको १ सय बर्ष पूरा भएको समयको रहेको छ । त्यस समयमा अमिताभ बच्चन, दिलिप कुमार र शाहरुख खानले एक म्यागजिनको निम्ति एक साथ फोटोशूट गराएका थिए । सोही समयमा अभिनेता शाहरुखले ‘डन’ फिल्मको पोष्टर दिएर अमिताभ बच्चनसित अटोग्राफ मागेका थिए । अभिनेता बच्चनले तुरुन्तै सोही पोष्टरमा शाहरुखको नाम लेखेर अटोग्राफ दिएका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार उनले सेयर गरेको उक्त तस्वीरलाई सामाजिक सञ्जालमा सेयर गर्नु नै ‘डन ३’ बन्नलागेको संकेत हो भन्ने बुझिन्छ ।

LEAVE A REPLY