अमेरिकी संसदीय टोलीले एमसिसी सम्झौता पारित गरेकोमा आभार व्यक्त

166

साझाट्युव : बैशाख ११,काठमाडौँ ।

नेपाल भ्रमणमा रहेका अमेरिकी संसदीय टोलीले एमसिसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेको छ।
दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरूले नेपाल भ्रमण गरेका हुन्।

हिजो शनिबार काठमाडौंको एक होटलमा भएको अन्तर्क्रिया कार्यक्रममा नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग बोल्दै अमेरिकी सांसदहरूले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

अमेरिकी सांसदहरूको टोलीले राखेको समूहका संयोजक मिनेन्द्र रिजालले जनाए अनुसार नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नविकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरूले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा भएको छ ।

अन्तर्क्रिया कार्यक्रममा संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको अमेरिकी सांसदहरूले खुलेर प्रशंसा गरेका थिए भने नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताए।

LEAVE A REPLY