साझाट्युव : चैत ९,काठमाडौं ।
अष्ट्रेलियन टेनिस स्टार एस बार्टीले २५ वर्षको उमेरमा नै टेनिस खेलबाट सन्यास लिने घोषणा गरेकी छन् ।
विश्व नम्बर एक खेलाडी बार्टीले सन्यासको घोषणा गर्दै ‘र्याकेटलाई बिसाएर मैले मेरा अन्य सपनालाई पछ्याउने समय आएको छ ’ भनिन्।
भिडियोमा उनले आफ्नो साथी केसी डेलाक्वासँग भावुक हुँदै ‘मलाई यो निर्णय कसरी गर्ने भन्ने थाहा थिएन । यो भन्न सजिलो छैन … तर म निकै खुसी छु र म निकै तयार छु । मलाई हृदयदेखि थाहा छ कि एक व्यक्तिको रुपमा यो मेरो निर्णय एकदम सही छ ’ भनेकी छन्।