साझाट्युव : वैशाख १९, काठमाडौं ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका छन् । सुनिता रावतको वारेसनमा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको हो । रिट हाल अध्ययनको क्रममा रहेको अदालत स्रोतले जानकारी दिएको छ ।
सोमबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले वरियता मिचेर धिरजप्रताप सिंहलाई आइजिपी नियुक्ति गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् ।
सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपी सिंहले फुली लगाउँदै भने– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।