आक्रामक भए मात्रै चुनाव जितिने प्रचण्डको भनाइ

351

साझाट्युव : चैत २, काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हामि आक्रामक भएर चुनावमा गए मात्रै जित हात पारिने बताएका छन् ।

काठमाडौंमा बुधबार भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ‘हामी आक्रामक हुँदा मात्र जित्छौं, रक्षात्मक मात्र भएर होइन ‘ भने।

कार्यक्रममा उनले २०६४ को चुनाव हामीले आक्रामक भएरै जितेको हो भनेका छन् । पार्टी पंक्ति दुई महिना लाग्ने हो भने चुनाव जित्न सकिने प्रचण्डले बताए ।

अहिले माओवादी केन्द्रलाई हराउने र दुई पार्टी मात्र गराउने षड्यन्त्र भइरहेको समेत भन्दै उनले ‘प्रतिक्रियावादीहरुको निशाना अहिले पनि माओवादी माथि छ । यो दुई महिना हामी सेना भएर निस्कनुपर्छ । हामी जित्छौं ’ भने।

साथै,गटबन्धनमा देलान र खाउँला भन्ने मानसिकता त्याग्न समेत नेता कार्यकर्तालाई उनले आग्रह गरेका छन् ।

LEAVE A REPLY