आगामी मङ्सिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनमा कसेर लाग्न गगन थापाको निर्देशन

257

साझाट्युव : २१ साउन,भक्क्तपुर।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनको तयारीमा कसेर लाग्नको लागि कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

स्व.श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा श्यामबहादुर स्मृति प्रतिष्ठानले गरेको आयोजनामा आज भक्तपुरको बालकोटमा खुल्ला रक्तदान, स्कुल, ब्याग साथै स्टेसनरी सामग्री वितरण गर्ने कार्यक्रममा उनले कांग्रेसलाई बहुमत ल्याउने गरी चुनावको तयारीमा लाग्नलाइ कांग्रेसका सबै नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिँदै भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन पर्छ भन्दै आग्रह गरेका हुन् ।

त्यस्तै गरि नेपाली कांग्रेसका युवानेता गुरुराज घिमिरेले प्रजातन्त्र आएको ३२ वर्ष पुरा भईसक्दा पनि देशले केहिपनि उपलब्ध हासिल गर्न नसकेको भने । उनले जापान, सिङ्गापुर, दुबईलगायत विभिन्न देशले १२ बाट ३० वर्षमा ठूलो प्रगति गरेको स्मरण गर्दै नेपालले प्रजातन्त्र उदय भएको ३२ वर्षमा सरकार परिवर्तन गर्ने र निर्वाचन गर्नेबाहेक अरु कुनै केही गर्न नसकेको आरोप समेत लगाए ।

त्यस्तै नेता घिमिरेले भने, “२०४६ सालपछि जनताले यो मुलुकलै चलाउने जिम्मेवारी हाम्रो काँधमा सुम्पिएको यो ३२ वर्षमा निर्वाचन गर्ने, सरकार परिवर्तन गर्ने,त्यस्तै फेरि सरकार परिवर्तनको खेल सुरु गर्ने, अनि फेरि निर्वाचन गर्नेजस्तो चक्रिय फेरबदलबाहेक अरु केही काम हुन सकेन यसको जिम्मेवारी हामीले लिनुपर्नेछ ।”

LEAVE A REPLY