आजको प्रतिनिधि सभा बैठकलाइ स्थगित गरेको छ

213

साझाट्युव : ५ भदौ, काठमाडौं ।

आज हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीद्वारा सूचना जारी गर्दै आजको बैठक स्थगित गरेको जानकारी दिएका छन् ।

 

बिहान ११ बजे बस्ने तय गरेको बैठक ‘विशेष कारणले ’ बस्न नसकेको सूचनामा उल्लेख रहेको छ । अर्को बैठक भने सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।

संसद सचिवालय स्रोतले जनाए अनुसार कांग्रेस नेता प्रदीप गिरिको निधनका भएका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुने भएकाले बैठकलाइ स्थगित गरिएको छ।

 

गएराति साढे ९ बजे कांग्रेस नेता गिरिको निधन भएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजेबाट दिउँसो २ बजेसम्म श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।

 

LEAVE A REPLY