आजदेखि एमालेको केन्द्रीय कमिटीको बैठक दुई दिन चल्ने

320

साझाट्युव : चैत ९,काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज बुधबार बस्दैछ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलस्थित कार्की ब्याक्वेटमा बिहान ११ बजे बैठक बस्ने तय भएको हो ।

आजदेखि बैठक दुई दिन चल्ने छ भने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको छ। जसअन्तर्गत केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायतका एजेण्डा तय गरिएको छ ।

गत चैत ७ को बैठकले सो एजेण्डा तय गरेको हो ।सो बैठकमा वाम एकता र तालमेलबारे बहस भएको थियो भने सोही अनुसार एमालेले पनि आन्तरिक तयारी थालिसकेको छ।

LEAVE A REPLY