आजदेखि युवा वैज्ञानिक सम्मेलन धनुषाको जनकपुरधाममा

151

साझाट्युव : ९ असार, काठमाडौं ।

राष्ट्रिय युवा परिषदद्वारा हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक भने धनुषाको जनकपुरधाममा आजदेखि सुरु भईरहेको छ । गएको वर्ष प्रदेश १ मा आयोजना भएको सम्मेलन यस वर्षचाही मधेश प्रदेशमा भएको छ ।

असार ९ र १० गते मुझेलियास्थित होटल राजदरबारमा दुई दिनको लागि चल्ने सम्मेलनको उदघाटनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्ने भएका छन् । सम्मेलनमा सातवटै प्रदेशदेखि करिब १५० जना सहभागी रहने छ ।

 

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार नयाँ वैज्ञानिक आविश्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन हुने उद्देश्यले सम्मेलन आयोजना गरेको हो ।

त्यसैगरी कार्यक्रमको संयोजन गरेका अनुसन्धानदाता टीकाराम भण्डारीले अहिले राष्ट्रिय सम्मेलन मधेश विशेष हुने बताए । भण्डारीले भने ‘राष्ट्रिय सम्मेलन भएता पनि यस वर्ष मधेशमा* क्रियाशील स्थानीय अनुसन्धानदाता र विद्यार्थीलाई केन्द्रितमा राखेका छौं ।’

LEAVE A REPLY