आज आईजीपी नियुक्ति विरुद्धको रिट अन्तिम सुनुवाइ

147

साझाट्युव : ३१,असार काठमाडौं  ।

नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा शुक्रवार अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा छ ।

शुक्रवार रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलका तर्फबाट कानुन व्यवसायीले जवाफ दिनेभएका छन् । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा उक्त मुद्दा यो संगै पाँचौँ पटक सुनुवाइ हुनेभएको हो । संयुक्त इजलासमा गत जेठ ३०, र असार ५, गते त्यसैगरी असार १३ गते र असार १९ गतेमा आईजीपी विवादको बिषयमा सुनुवाइ भैसकेको छ ।

गत वैशाख १८ मा मन्त्रिपरिषद्द्वारा धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ । आईजीपी विवादसँगै लगाउमा राखिएको एआईजी बढुवा विरुद्धको रिटको सुनुवाइ सकिएको छ । निवेदक तर्फका कानुन व्यवसायीले जवाफ दिएपछि शुक्रवार नै फैसला आउने आकलन गरिएको छ ।

LEAVE A REPLY