आज एमालेबाट निर्वाचित पालिका प्रमुखलाई ओलीले निर्देशन दिने

161

साझाट्युव : चैत १६ ,काठमाडौं।
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्रि केपी शर्मा ओलीले आज बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्दै छन् ।

उनले आज दिउँसो २ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन् । स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न ओलीले निर्देशन दिनेछन् ।

काँग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म नै जाने निश्चित भएपछि यसको लगत्तै भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई यसरि निर्देशन दिन लागेका हुन् ।

गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा मात्रै ओलीले जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गरेका थिए ।
उनले पाँच दलीय गठबन्धनलाई ‘मागीखानेहरू’को गठबन्धन समेत भन्दै आएका छन् ।

LEAVE A REPLY