साझट्युब : २४ जेठ, काठमाडौं ।
काठमाडौँ उपत्यकाको फोहोर फाल्न सिसडोलवासीले रोकेका छन् । दश दिनबाट काठमाडौं उपत्यकाका हरेक चोक चोकमा र गल्लीमा थुप्रिएको फोहोर मंगलबारदेखि उठाउन थालिएको थियो।
आज बिहान फोहोर बोकेर बन्चरेडाँडा पुगेका सवारीसाधनलाई स्थानीयले रोकेका छन् । काठमाडौँ महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार स्थानीयले अवरोध सिर्जना गर्न खोजेपछि फोहोर बोकेर गएका गाडीहरु रोकिएको जानकारी दिएका छन् । हाल स्थानीयसँग सहमतिको प्रयास भइरहेको उनले बताएकी छन् ।
शहरी विकास मन्त्रालय,लगायत काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिबीच सोमबार मात्रकाठमाडौंको फोहोर विसर्जन गर्ने सहमति भएको थियो ।
स्थानिय बासिबाट थोरै मात्रामा अवरोध आएकाले त्यहाँका समस्याबारे बुझ्न मेयरसाबले जनप्रतिनिधिसँग को अर्डिनेसन गरिरहेको उनले बताएकी छन् ।
उनले भने स्थानीय जनप्रतिनिधिले फोहोरको बारेमा सहमति गरेपछि मिलाउने काम पनि उनीहरुकै रहेको राईको ठहर छ । ‘उहाँहरुको खास माग के हो, अवरोध के को लागि हो त्यसबारे पालिकासँग समन्वय गर्नुपर्ने छ, ‘अवरोध भयो भन्ने सुनेको छु उनले बताएकी हुन् ।