आज सत्ता गठबन्धनको बैठक बस्दै

247

साझाट्युव: भदौ २४, काठमाडौं ।

काठमाडौँ – सत्तारूढदलका पाँच दलीय गठबन्धनको बैठक बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले गठबन्धन कार्यदलद्वारा बुझाएको प्रतिवेदनलाई निष्कर्ष निकाल्ने बताएको छ ।

 

हिजो बसेको गठबन्धन कार्यदलको बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका निम्ति गठबन्धन दलहरूकोबीच सिट बाँडफाँटमा सहमति नभएपछि शीर्ष नेतालाई नै सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन प्रतिवेदन दिएको थियो । आज हुने बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल हुने भएको छ ।

 

LEAVE A REPLY