आफूले चाहेमा गठबन्धनलाइ भत्काउन ७ दिन पनि नलाग्ने : ओली

156

साझाट्युव : वैशाख २५, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यदि आफूले चाहेमा गठबन्धनलाइ भत्काउन ७ दिन पनि नलाग्ने बताए ।

आइतबार पार्टी कार्यालय च्यासलमा भएको आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले नेकपा माओवादी केन्द्रलाई नेपाली कांग्रेसले भन्दा एमालेले राम्रो भाग दिएर गठबन्धन भत्काउन सक्ने बताएका छन् ।

ओलीले भने ‘बिरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उस कहाँ जान्छ भन्दै माओवादीलाई बिरालोको संज्ञा दिए । ‘बिरालोको हकमा हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी रहेको उनले भने ।’

ओलीले सुरु देखि अन्त्यसम्म पत्रकार सम्मेलनमा कांग्रेस अनि माओवादीकोमात्रै आलोचना गरेका थिए ।

LEAVE A REPLY