आयल निगम र मल अभावको बिशयामा सरकारमाथि कांग्रेस नेता पौडेलको हमला

167

साझाट्युव : १६ असार, काठमाडौं ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगमलाइ व्यापारीलाई दिन चाहेको साथै किसानहरुलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

काठमाडौंमा भएको ६४ औ संसद सेवा दिवसका कार्यक्रममा बोल्दै उनले भने, ‘म सुन्दैछु आयल निगम व्यापारीलाई दिने भनेर यो सिधा चलखेल भैरहेको हो, यहाँ करोडको कुरा होइन अरबका कुरा छन ।

 

त्यसैगरी सरकारले किसानलाई मल उपलब्द गर्न नसकेकोमा आलोचना समेत गरे । यतिबेला ‘खेती गर्ने बेला हो । मलको हाहाकार छ, नीतिगत भ्रष्टाचार भएकै कारण किसानले मल नपाएको समेत बताए ।

कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगिसकेपछि किसानले नेपालमा कहिल्यै पनि समयमा मल नपाएको उनको आरोप रहेको छ ।

LEAVE A REPLY