साझाट्युव : बैशाख १२, काठमाडौँ ।
कुनै राजनीतिक दलले एउटाभन्दा बढी झण्डा प्रयोग गरे उम्मेदवारलाई कारबाही गर्ने आयोगले चेतावनी दिएको छ ।
आयोगले निर्वाचन आचारसंहिता विपरित कुनै स्थानमा कुनै राजनीतिक दलको झण्डा नराख्न आग्रह गरेको छ । सोमबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न आग्रह गरे ।
निर्वाचन सम्बन्धी दलको भेला, कार्यक्रम, जुलुसमा दलको झण्डा, चिन्ह अंकित झोला, क्याप, गम्झा, मास्क लगायत प्रयोग गरेमा सम्बन्धित ब्यक्ति नै कारवाहीमा पर्ने भएकाले व्यक्तिलाई सजग रहन आयोगले प्रस्ट पारेको छ ।
यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको रहेछ भनी उम्मेदवारलाई कारबाही गर्ने आयोग प्रवक्ता शर्माले जनाए ।