आयोगले निर्वाचनको सम्पूर्ण तयारी पुरा गरिसकेको छ

156

साझाट्युव : वैशाख २५, काठमाडौँ । 

बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निम्ती निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । सुरक्षित अनि भयरहित वातावरणमा मतदान गर्नलाइ आयोगले आम मतदाताहरुसंग आग्रह पनि गरेको छ ।

७ सय ५३ स्थानीय तहमा स्थानीय निवार्चन गर्नकोनिम्ति केन्द्रको निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । आयोगको केन्द्रमा सम्पूर्ण तयारी पुरा भएकोमा कर्मचारीहरु पनि खुसी देखिन्छन ।

आयोगले जनाए अनुसार उम्मेदवारहरुको नामावली प्रकाशित भइसकेको छ भने मतपत्र सबै तहमा पुगिसकेको छ ।, आयोगका सह प्रवक्ता सुर्यप्रसाद अर्यालका भनाइ बमोजिम निर्वाचनका निम्ति आयोगले सबै तयारी पुरा गरेको छ ।

हरेक जिल्ला जिल्लामा अनुगमनको काम भइरहेको साथै सवारी पासको व्यवस्था भैरहेको, सुरक्षा विश्लेष्ण र अनुगमन भइरहेको पनि आयोगले बताएको छ । आयोगमा तेस्तै अहिले विभिन्न स्थानबाट आएका उजुरीलगायतको अध्ययन र सोहि अनुरुप फाटफुटका विभिन्न काम भइरहेको बताएको छ । सबै तहको सुरक्षाका निम्ति नेपाली सेना, नेपाल प्रहरी अनि शसस्त्र प्रहरी लगायतको सुरक्षा संमन्वय र सुरक्षा विश्लेष्ण पनि भइरहेको छ । विनासंकोच मतदानका निम्ति आयोगले आव्हान गरेको छ ।

 

LEAVE A REPLY