इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु

363
A picture taken on August 5, 2022, shows Palestinian rockets fired from Gaza City in retaliation to earlier Israeli air strikes. - A senior militant from Islamic Jihad was killed in an Israeli air strike on the Gaza Strip today, prompting the militant group to warn Israel has "started a war".A child was among those killed in the strikes, the enclave's health ministry said, while Israel's military estimated 15 were dead. (Photo by MAHMUD HAMS / AFP)

साझाट्युव : २२ साउन,काठमाडौं ।

इजरायलद्वारा गाजा क्षेत्रमा भएको आक्रमणमा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका पनि रहेको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

इजरायली सेनाद्वारा हतियारधारी समूह प्यालेस्टायन इस्लामिक जिहादका लडाकू विरुद्ध कारबाही गरेको बताएको छ । कारबाहीको क्रममा जिहादका नेता खालेद मन्सुर र तेसीर जाबिरी पनि कारबाहीमा मारिएको इजरायलको दाबी रहेको छ । मन्सुर जिहादका दोश्रो तहका नेता हुन् ।

इजरायली सेनाले गरेको कारबाहीको प्रतिउत्तरमा प्यालेस्टायनदेखि शुक्रबारबाट अहिलेसम्ममा ६०० वटा रकेट हानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

सन् २०२१ को मेमा ११ दिनसम्म चलेको लडाईँपछिको इजरायलले हालसम्म सबैभन्दा ठूलो कारबाही सुरु गरेको हो । यो कारबाही एक हप्तासम्म चल्ने बताएको छ । २०२१ मेमा पनि २०० जना प्यालेस्टायनीको मृत्यु भएको थियो ।

LEAVE A REPLY