साझाट्युव : ६ असार, विराटनगर ।
नेपाल अआयल निगमद्वारा इन्धनको मुल्य वृद्धि भएपछि विराटनगरमा यातायात व्यावसायी र मजदुर मिलेर सोमबार बिहान चक्काजाम गरेको छ ।
गत आइतबार रातिदेखि निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्य बढाएको छ भने पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ ।
मूल्य वृद्धि भएसंगै पर लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ भएको छ त्यस्तै एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको हो ।
मूल्य वृद्धि भएसंगै विरोधमा मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका छन् ।