उदयपुरका मुख्य निर्वाचन अधिकृत खनालले राजीनामा दिए

275

साझट्युब : १ जेठ, विराटनगर ।

उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । जिल्लामा पूणरूपमा मतगणना सुरु नहुँदै खनालले स्वास्थ्य समस्याको कारण देखाएर राजीनामा दिएका छन् ।

शनिबार खनाल अचानक बेहोस भएका थिए । उनले निर्वाचनको बाँकी काम गर्न नसक्ने भनेर निर्वाचन आयोगमा राजीनामा पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानेको छ ।

उदयपुरको ९८ मतदानस्थलमध्ये त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा मतदानको विवाद यथावतनै छ ।

विवादका कारण त्रियुगामा अझैपनि मतगणना सुरु भएको छैन । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनले त्रियुगा १२ मा पुन मतदानको माग राखेका छन् भने कांग्रेस र एमालेले मतगणना गर्न माग गरेको बताएको छ ।

त्येस्तै कटारी नगरपालिका-१० मा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको जटिल समस्याको पनि उनी तनावमा रहेको बताएको छ ।

LEAVE A REPLY