एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ: ओली

385

साझाट्युव : चैत २२ ,काठमाडौं। 
एमाले अध्यक्ष केपी ओलीले एमालेसँग चुनाव लड्न नसकिने भएपछी गठबन्धन तालमेल गर्ने भएका हुन् भनेका छन् ।

मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्नेक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको बताएका हुन् ।

ओलीले ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई, हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ’ भने।

यसैगरी, उनले ‘केपी ओली मधेसविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरूले,’ उनले भने, ‘म मधेसको मान्छे । ६० वर्षदेखि मत मधेसको बासिन्दा हो । ६० वर्षदेखि मधेसमा बसेको छु ’ भने।

LEAVE A REPLY