एक चोटी महिलाहरुलाई कार्यकारी भूमिकामा दिएरत हेरौं : प्रचण्ड

145

साझाट्युव : वैशाख २३ , काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार प्रसार गरेको भन्दै असन्तुष्टि भएको बताए छन् ।

शुक्रबार काठमाडौंमा सत्तारुढ गठबन्धनले गरेको चुनावी सभामा सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी वा श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरु प्रतिको अपमान भएको जनाएका छन् । ‘दुई मेयरका प्रत्यासीबारे एकथरी मान्छेहरु नकारात्मक टिप्पणी नगरेका पनि होइनन्,’प्रचण्डले भने, ‘कसैलाई छोरीका रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाहरु माथि अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मान्छेहरुले कोसिस गरिरहेका छन् ।’

 

सत्ता गठबन्धनलेनै काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंह अनि भरतपुर मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ । सिंह, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् र दाहाल, प्रचण्डकी छोरी हुन् ।

महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा प्रचार गर्ने प्रवृत्तिको आफू घोर विरोधी भएको पनि प्रचण्डले बताए । सो ‘घटनाक्रमले के सावित गरेको छ भने जहाँ–जहाँ महिला कार्यकारी प्रमुख भएका छन्, त्यहाँ राम्रो काम भएको छ,’ उनले भने, ‘पुरुषहरुले धेरै राज गर्‍यौं,
तर खासै लछारपाटो केहि पनि लगाउन सकिएन । एक चोटी महिलाहरुलाई कार्यकारी भूमिकामा दिएरत हेरौं ।’

LEAVE A REPLY