एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

400

साझाट्युव : चैत ७, काठमाडौं।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार प्रदेश १ लगायत देशका बिभिन्न पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

सोमबार देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै,प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी,बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै,देशको पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ।

LEAVE A REPLY