साझाट्युव :१९ साउन, काठमाडौं ।
खुद ब्याज आम्दानी भए सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमदेखि भएको राइट ब्याकले गर्दा एनएमबि बैंकको मुनाफा उच्च वृद्धि भएको छ ।
आज बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन भएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा दुई अर्ब ७१ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंक गत आबमा ३६.५३ प्रतिशतले मुनाफा वृद्धि भएको हो ।
गत आबमा खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड २२ लाख पुगेको बैंकले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजनदेखि ४८ करोड ४३ लाख राइटब्याक भएको हो ।
कर्जा लगानी १६.४१ प्रतिशतले सुरु गरेर एक खर्ब ७५ अर्ब ७८ करोड ८१ लाख पुगेको बैंकले निक्षेप १२.३७ प्रतिशतले बडाएर १ खर्ब ८४ अर्ब ८२ करोड ८९० लाख रुपैयाँ पुर्याएको हो । कर्जामा वृद्धिसँगै बैंकको कर्जा र निक्षेपबीचकेा ब्याजदर अन्तर (स्प्रेड दर) पनि वृद्धि भएको छ ।
बैंकको खुद ब्याज आम्दानी समेत उल्लेख्य बढेको हो । गत आबमा ३.०९ प्रतिशत भएको बैंकको स्प्रेड रेट गत आबमा ४.०५ प्रतिशत भएको छ ।
आम्दानी वृद्धिभए सँगै बैंकको खुद सञ्चलान आम्दानी ३०.६४ प्रतिशतले वृद्धि भएर ९ अर्ब १८ करोड ९३ लाख पुगेको छ । बैंकको सञ्चालन आम्दानी सँगै कर्मचारी खर्च बढेपनि सञ्चालन मुनाफामा आकर्षक वृद्धि भएको छ ।
बैंकको कर्मचारी खर्च २४.४५ प्रतिशतले बढेर २ अर्ब ६० करोड भन्दा माथि पुगेको छ । खुद सञ्चालन आम्दानीमा भएको वृद्धिले कर्मचारी खर्च बढेपनि बैंकको सञ्चालन मुनाफा ३६.४३ प्रतिशतले बढेर पाँच अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
बैंकद्वारा गत आबमा १२.५ प्रतिशत बोनस सेयर मार्फत चुक्ता पूँजी १६ अर्ब ३१ करोड ५९ लाखदेखि १८ अर्ब ३६ करोड ६७ लाख पुर्याएको छ । बैंकको सञ्चित कोषमा २ अर्ब ३९ करोड २४ लाख र जगेडा कोषमा ६ अर्ब ४४ करोड ८६ लाख रहेको छ ।
पुँजी बढेता पनि बैंकको मुनाफामा वृद्धिसँगै प्रमुख वित्तीय सुचकहरुमा पनि सुधार भएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७६ पैसाबाट बढेर २० रुपैयाँ १४ पैसा भएको छ । त्यस्तै गरेर प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ६६ पैसाबाट वृद्धि भएर १४८ रुपैयाँ १४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा रिटर्न अन इक्युटी १४.४७ प्रतिशतले भएको छ ।
त्यस्तै बैंकको कोषको लागत वृद्धिभए सँगै बेसरेट ६.९९ प्रतिशतदेखि ९.३८ प्रतिशत पुगेको छ । त्यस्तै निष्कृय कर्जा २.२७ प्रतिशतदेखि १.३३ प्रतिशतमा झरेको छ । पुँजी पर्याप्तता अनुपात १५.०८ प्रतिशतदेखि १३.७६ मा ओरालो लागेको छ । त्यसतै बैंकको कर्जा- निक्षेप अनुपात ८५.५५ प्रतिशत रहेको छ ।