एमालेद्वारा आज दल दर्ता गराउँन जादै

229

साझाट्युव :  २४ साउन, काठमाडौं ।

आगामी मंसिर ४ गते तय गरेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति नेकपा एमालेले आज दल दर्ता गराउने भएको छ ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आज मध्याह्न दल दर्ताका निम्ति निर्वाचन आयोगको कार्यालयमा जाने भनेकी छिन ।

 

दल दर्ताका निम्ति उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल साथै अन्य नेताहरु समेत आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने भएका छन् ।

निर्वाचन आयोगद्वारा यही साउन २२ गतेबाट दल दर्ता गर्नलाई सुरु गरेको थियो । दल दर्ताको कार्यक्रम साउन ३१ गतेसम्म हुनेछ ।

निर्वाचन आयोगद्वरा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको निम्ति तयार गरेको कार्यतालिका बमोजिम आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको लागि दिन तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशित हुने र २८ गतेबाट मतपत्र छपाइ सुरु गर्ने आयोगको कार्यतालिका रहेको छ ।

LEAVE A REPLY