एमालेलाई बहुमत दिलाउन नेपाल खेलकुद महासंघको भूमिका रहने

529

साझाट्युव : भाद्र ६,काठ्माण्डौ।

नेकपा एमाले सम्बद्द नेपाल खेलकुद महासंघले मंसिर ४ को चुनावमा आफ्नो पार्टिलाई बहुमत दिलाउन हरप्रयास गर्ने बताएको छ।

महासंघले आफ्नो केन्द्रिय कार्यालय पुरानो बानेश्वोरमा सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिक्रिया दिएको हो ।
यस महासंघको प्रचार प्रसार बिभाग प्रमुख तथा प्रबक्ता तिर्थ बहादुर खड्काद्वारा हस्ताक्षर प्रेस विज्ञप्तिमा महासंघले हर प्रयासले आउदो मंसिर ४ को निर्वाचनमा एमालेलाई बहुमत दिलाउने भूमिका खेल्नेछ। पार्टिको उत्कृष्ट घोषणा पत्र निर्माणको लागि यस महासंघको तर्फवाट सुझाव संकलन ५ सदस्यीय कमिटि निर्माण गरिएको छ। जस अन्तर्गत संयोजकमा ओमकृष्ण प्रसाईं रहेका छन् भने अन्य सदस्यहरुमा तिरण गौतम,चेतनराज गिरि, नन्द बत्स्याल र शान्तामाया परियार रहेका छन्।

साथै, महासंघले आउदो फागुन ७ देखि ९ सम्म महाधिवेशन गर्ने घोषणा समेत गरेको छ।

LEAVE A REPLY