एमालेले संसदीय दलको बैठक बोलायो

315

साझाट्युव : चैत २, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए अनुसार बैठक नयाँ बानेश्वरमा बस्नेछ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नेम्वाङले ‘अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ । यो नियमित रुपमा बोलाइएको हो ‘ भने।

LEAVE A REPLY