साझाट्युव : चैत ६, काठमाडौं।
नेकपा एमालेको सोमबार पोलिटब्युरो बैठक बस्ने भएको छ । दशौं महाधिवेशनपछि पहिलो पटक चैत ७ गते बिहान ११ बजे कार्की बैंक्वेटमा बस्नेगरी पोलिटब्युरो बैठक बोलाएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
उनले बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने बताए । पार्टीको पोलिटब्युरो कमिटीमा १९ पदाधिकारीसहित ३६ जना स्थायी कमिटी सदस्यसहित गरेर ९९ जना छन् ।
गत साता मात्रै बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाउने र चुनावबारे छलफल गर्ने जनाएको थियो भने केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्दै छ ।