एमाले सांसदहरुद्वारा आश्रित विधेयकमाथिको छलफल  बहिष्कार

148

साझाट्युव : १७, असार, काठमाडौं ।

प्रमुख विपक्षी दल रहेका नेकपा एमालेद्वरा राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल  बहिष्कार गरेको छ ।

एमालेले अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिदेखि करको दरलाइ हेरफेर गरेको हो भन्दै राजीनामाको माग राख्दै आएको छ । यदी राजीनामा नदिने भएमा संसदीय छानविन समिति गठनको माग गरेको हो । एमालेले आफूहरुले राखेको मागको कुनै सुनुवाइ नगरेको भन्दै बजेट आश्रित विधेयकमाथिको छलफललाइ बहिष्कार गरेको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभादेखि पारित भएर आएको सन्देश लगायतको आर्थिक विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नको लागि समय दिएसनगै एमालेले उठेर त्यसको विरोध जनायो । एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई अध्यक्ष तिमिल्सिनाले बोल्न समय दिएसंगै सांसद श्रेष्ठले अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय भएको जानकार दिए । त्यसलगतै एमाले सांसदहरुले बैठक छोडेर हलबाट बाहिर निस्किएका छन् ।

एमाले सांसदहरुद्वारा बैठक बहिष्कार गरेता पनि अध्यक्ष तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रस्ताव प्रस्तुत गर्नको लागि समय दिए ।

एमाले सांसदहरुको अनुपस्थितिकाबीचमा पनि राष्ट्रिय सभामा आर्थिक विधेयकमाथि छलफल निरन्तर रहेको छ ।

LEAVE A REPLY