एसपीपी फिर्ता लिने बिषयामा गठबन्धनमा छलफल गरेको छैन : माधव नेपाल

159

साझाट्युव : ५ असार, काठमाडौं । 

नेकपा एकीकृतका समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहितको विपरीत कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको जानकारी दिएका छन् ।

आज विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा नेपालले प्रधानमन्त्रीले आफूहरुसितको छलफलमा राष्ट्रहितको विपरीत सहमतिमा कुनै त्यस्तो आच आउने हस्ताक्षर नगर्ने बताएको हुन् ।

 

प्रधानमन्त्रीज्यूले‘ नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मैले सही गर्ने छैन’ ‘यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले समेतले संसदमा बोलिसकेपछि हामीले त्यस्तो धेरै शंका गरिरहनुपर्ने जरुरि छैन उनले भने ।’

यसैगरी अध्यक्ष नेपालले यसका बाबजुद जनतालाई पनि सजग गराइरहनुपर्ने बताए छन् ।

 

यतिबेला अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकारको विषयलाई लिएर विवाद चलिरहेको छ । एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा कुनै त्यस्तो विस्तृतमा छलफल नभएको अध्यक्ष नेपालले बताए ।

अमेरिकी दूवातासलाई नेपाली सेनाले एसपीपीमा सहभागिताको बारेमा लेखेको पत्र ठीक थियो या थिएन भन्ने बारेमा छलफल हुनुपर्ने नेपालले बताए ।

अध्यक्ष नेपालले भने ‘नेपाली सेनाले चिठी पठाउने कुरा कुटनीतिक हिसाबले सहि थियो भन्ने प्रश्न उठेको छ । अर्को देशको कुटनीतिज्ञलाई सेनाले चिठी पठाउने कुरा सहि थियो कि थिएन ? त्यसमा कस -कसको भूमिका रहेको थियो भन्ने बारेमा छलफल गर्नुपर्छ ’ ।

LEAVE A REPLY