एसियन गेम्समा नेपालले २३ खेलको तयारी गर्ने

253

साझाट्युव : बैशाख ९, काठमाडौँ ।

चीनको होङझोउमा हुने १९औं संस्करणको एसियाली खेलकुदमा नेपालले २३ खेल ( तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिस ) मा सहभागिता जनाउने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले एसियन गेम्समा सहभागी हुने खेलको टुङ्गो लगाएको हो ।
एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म सन्चालन हुँदैछ ।

बोर्ड बैठकले एसियन गेम्सको तयारी, खेलाडी छनोट, बन्द प्रशिक्षण र आवश्यक बजेटको प्रक्रिया तत्काल अघि बढाउने निर्णय समेत गरेको छ ।

 

 

LEAVE A REPLY