ओपन तेक्वान्दो च्याम्पियनसीप असोज ६ गतेबाट

291

साझाट्युव : ७ भदौ, काठमाडौं ।

तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसीप असोज ६ गतेबाट ९ गतेसम्म सञ्चालन रहने भएको छ ।

नेपाल तेक्वान्दो संघद्वारा मंगलबार काठमाडौँमा आयोजना भएको पत्रकार सम्मेलनमार्फत प्रतियोगिता पोखरामा आयोजना हुने बताएको छ। उक्त च्याम्पियनसीपकै क्रममा माउन्ट एभरेष्ट जीसीएस इन्टरनेसनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसीप पनि आयोजना गर्ने आयोजकले बताएको हो।

 

च्याम्पियनसीपमा सहभागी हुनलाई विश्वभरका खेलाडी, निर्णायक, प्राविधिक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्य तथा विश्व तेक्वान्दो महासंघका अध्यक्ष लगायत पदाधिकारीहरु गरी २ हजार जनाको उपस्थित हुने पनि आयोजकले बताएको छ ।

च्याम्पियनसीप आयोजनामा अनुमानित करिब २ करोड ५५ लाख खर्च हुने बताएको छ ।

 

LEAVE A REPLY