ओलीको झुट कुराले मिडियामा स्थान पायो : थापा

367

साझाट्युव : चैत २०, काठमाडौं।

नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरी गएको भन्ने विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभएको बताएका छन् ।

उनले ‘छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो । त्यही कुरा मिडियाले स्थान दिए ‘ भने।

ओलीले केही दिनअघि मात्रै प्रधानमन्त्री देउवालाई ‘वृद्धभत्ता लिन आउनुस’ भनेका थिए भने यसको जवाफमा काँग्रेसका महामन्त्री समेत भएका थापाले कटाक्ष गर्दै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई बोल्दै ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नु भयो । उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो । अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’भने।

त्यस्तै, थापाले बिगतमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको भन्दै प्रश्नसमेत गरेका छन् ।उनले ‘नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको ?पार्टी र संसद् किन तोडेको ?’ समेत भनेर प्रश्न तेर्स्याए ।’

यसैगरी,स्थानीय तहको निर्वाचनमा तालमेलबारे पार्टीभित्र फरक मत राखेपनि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ ।

 WRITE COMMENTS FOR THIS ARTICLE

0
Article Rating
 Subscribe 
guest

0 COMMENTS

LEAVE A REPLY