ओलीको निर्देशन : भोलिबाट एमाले सांसदहरु संसदमा आउँदैनौं,

189

साझाट्युव : भदौ ३१ ,काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा भोलि १ असोजको मध्य रातबाट संसदको कार्याकाल सकिने भन्दै गाउँ जानका लागि पार्टीका सांसदहरुसबैलाई निर्देशन दिएका हुन् ।

 

एमाले संसदीय दलको शुक्रबार भएको बैठकमा ओलीले सांसदका रुपमा खेलेको भूमिकाका निम्ति धन्यवाद समेत दिएका छन् ।

 

संकटका समयमा पार्टीले साथ दिएको भन्दै उनले भने ,सरकारले संसदको कार्यकाल लम्ब्याउने प्रपञ्च गर्‍यो । तर हाम्रोलागि भोलिबाट संसदको कार्यकाल सकिन्दैछ, भोलिबाट हामी सांसदमा आउँने छैनौं ।’

 

त्यसैगरी एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए अनुसार ओलीले अब चुनावमा खटिन समेत निर्देशन गरेका छन् । ‘चुनाव लाग्यो तपाईंहरु सबै जना गाउँगाउँमा पुगेर खटिनुस्, एमालेको बहुमत पुर्‍याउन लाग्नुस् ओलीले भनेका छन्, ।’

LEAVE A REPLY