साझाट्युव : चैत ९, काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा स्थानीय तहको चुनाव केन्द्रित राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
एमालेले गरेको केही कामको चर्चासहित स्थानीय चुनावमा एमालेले जित्ने भन्दै त्यसका १८ आधारहरु अध्यक्ष ओलीले पेस गरेका छन् । उनले पेश गरेको १८ बुँदामा ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा प्रभावकारी भूमिका खेलेको, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिबृद्धिका लागि असाधारण योगदान गरेको’ दावी गरेका छन् ।
साथै,अध्यक्ष ओलीले केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा भूमिका खेलेको, स्थानीय तहलाई प्रभावकारी बनाउन योगदान गरेको, प्रत्येक पालिकामा आधारभूत अस्पताल, प्रशासनिक भवन, पालिका केन्द्र जोड्ने सडक लगायतका कार्यक्रम ल्याएकाले पनि एमालेले स्थानीय चुनाव जित्ने दावी गरेका छन् ।
ओलीले दिएका १८ आधारहरु :