औँलो रोगका लक्षणहरु के के हुन् ?

157

साझाट्युव : बैशाख १२, काठमाडौँ । 

समन्न्येतय लामखुट्टेको टोकाई बाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोगलै नै ‘औँलो’ भनिन्छ । यस विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा ( १२ बैशाखमा ) मनाइन्छ ।

मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । औँलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ, एनोफेलिस लामखुट्टेको टोकाई बाट औँलो को सङ्क्रमण मान्छेमा सर्ने गर्दछ ।

आयातित औलोका बिरामी बढेसँगै नेपाललाई औलोमुक्त बनाउने अभियानमा चुनौती थपिएको इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । आयातित औलोका बिरामी सात प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी देखिने गरेको छ ।

औँलोका लक्षण निरन्तर वा दिन बिराएर ज्वरो आउने, टाउको दुख्ने , शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने, बान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता देखिन्छ ।

लामखुट्टेको टोकाइको माध्यमबाट मात्र सर्न सक्ने यो रोगबाट बच्नको लागि सामान्यरुपमा लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य रोकथाम हो । पानी जम्ने स्थानहरू कम गर्ने, बासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने, उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ ।

जोखिमयुक्त ठाउँहरुको भ्रमणमा जानुअगाडि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ । औलोरोगका लक्षणहरु र बच्ने उपायहरुको बारेमा घर–घर, समुदायहरुमा जनचेतना फैलाउनु, चेतना फैलाउने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने आदि गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ ।

LEAVE A REPLY